SportGoMag is for sportspersons around the world to tell their life, sport and faith in Christ-centered stories.

ईश्वरीय दृष्टिकोण राख्नु - ब्रायन किड

माथिका कुरामा मन लगाओ। पृथ्‍वीमा भएका कुरामा होइन।कलस्सी ३:२*

 

सत्र वर्षको उमेरमा म्यान्चेस्टर युनाइटेडमा आफ्नो पेसाको सुरु गरेर मैले फुटबलमा मेरो सम्पूर्ण जीवन बिताएको छु। दुई वर्षपछि, मैले म्यानचेस्टर युनाइटेडलाई युरोपियन कप जिताउनको लागि निर्णायक गोल गर्ने अवसर पाएँ। यो साँच्चै नै ठूलो प्रतिष्ठाको कुरा थियो। त्यसपछि म एक प्रशिक्षक हुनुभन्दा अगाडि म्यानचेस्टर सिटी, आर्सनल र अन्य बेलायती र विभिन्न अमेरिकी टोलीहरूमा गएँ, र अन्ततः सह-व्यवस्थापक भएँ।

 

प्रशिक्षक हुनु भनेको राम्रो काम हो। सुरुमा त मैले यस्तो भूमिका निभाउने योजना गरेको थिइनँ, तर म अहिले यो कामलाई औधी रुचाउँछु। यसमा ठूलो जोस र अति धेरै कठिन काम आवश्यक रहन्छ। पहिला खेलेका म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटी दुबैमा मैले प्रशिक्षण गर्ने मौका पाएको छु।

 

मैले खेलाडीको रूपमा खेलेदेखि नै फुटबलको क्रम-विकास भएको छ। अहिले संसारभरि नै प्रिमियर लिग हेरिन्छ र यो एउटा ठूलो व्यापार बनेको छ। यो अति रमाइलो छ, तर जति पनि पैसा आउँछ, त्यत्ति नै मात्रामा टोलीहरूमाथि दबाबहरू र मागहरू पनि आउँछन्‌। खेलको प्रेमभन्दा पनि जित्ने र हार्ने कुरालाई बढि महत्त्व दिने परिपाटी बनाउन धेरै सजिलो छ। जित र हारलाई कुनै व्यक्तिले कसरी लिन्छ भन्ने कुरालाई नै महत्त्वको रूपमा हेरिन्छ।

 

मेरो विश्वासले मलाई एउटा विचारधारामा अडिग रहनको निम्ति मद्दत गर्छ र फुटबल र जितभन्दा पनि अरू केही महत्त्वपूर्ण कुराहरू छन्‌ भन्ने कुराको सम्झना दिन्छ। दबाबहरू आउँदा मैले प्रायः यसरी प्रार्थना गर्दै गरेको हुन्छु, “तपाईंको इच्छा पूरा होस्‌,” अनि ती कुराहरू परमेश्वरलाई सुम्पिन्छु। तत्कालै मैले उत्तर पाउँदिन होला, तर समयको अन्तरालमा, परमेश्वरको योजना झन्‌-झन्‌ स्पष्ट हुँदै जान्छ।

 

म सानो बालक छँदा नै, हाम्रो परिवार निरन्तर मण्डली जान्थ्यौं। आज पनि, म साप्ताहिक रूपमा, र समयले भ्याएसम्म त्योभन्दा पनि अधिक, मण्डली जान्छु। यो मेरो मनको शान्ति, चिन्तन-मनन र प्रार्थनाको निम्ति अत्यावश्यक समय हो। आजको पुस्ताका धेरैजसो मानिसहरूसँग कुनै धर्म छैन, र यो अति दुःखदायी कुरा हो भन्ने मलाई लाग्छ। सर्वशक्तिमान्‌ परमेश्वरमा विश्वास राख्दा यसले सान्त्वना मिल्छ। जीवनका उतार र चढाउहरूको सँगसँगै व्यवसायिक खेल खेल्दा आउने दबाबहरूसँग सामना गर्न आवश्यक दृष्टिकोण र स्थिरता उहाँले प्रदान गर्नुहुन्छ।

 

कलस्सी ३:२ मा, प्रेरितपावलले हामीलाई उत्साह दिन्छन्‌, “माथिका कुरामा मन लगाओ। पृथ्‍वीमा भएका कुरामा होइन।” पावल आफ्नो विश्वासको खातिर पटक-पटक सताइए र थुनामा परे, तापनि उनले उनको सांसारिक कठिन परिस्थितिहरूभन्दा पर हेरेर परमेश्वरका प्रतिज्ञाहरूमा केन्द्रित हुन सके।

 

हाम्रो जीवनमा अनुभव गर्न सक्ने तनाव र दबाबहरूसँग सामना गर्न ख्रीष्टले हामीलाई शक्ति दिनुहुन्छ भन्ने कुरामा हामी केन्द्रित हुनको निम्ति उनले भनेको यो वचन हाम्रो निम्ति उत्साहित र उपयुक्त सम्झना हो।

 

ब्रायन किड्ड, म्यान्चेस्टर सिटीको निम्ति सह-प्रशिक्षकद्वारा लिखित। उनले म्यान्चेस्टर युनाइटेड र इङ्गल्यान्डको राष्ट्रिय टोलीलाई पनि प्रशिक्षण दिएका छन्‌। खेलाडीको रूपमा उनले म्यान्चेस्टर युनाइटेड, आर्सनल, म्यान्चेस्टर सिटी, एभर्टन, र अन्य क्लबहरूको निम्ति खेले।

 

* यी सन्दर्भहरू बाइबलबाट लिइएका हुन्‌, जसमा, येशू ख्रीष्टको जीवन, मृत्यु र पुनरुत्थानका आवश्यक विवरणहरू समावेश छन्‌। बाइबल पुस्तकहरूमा विभाजन गरिएको छ, जुन थप अध्यायहरू र पदहरूमा विभाजन गरिएको छ। उदाहरणको लागि, यूहन्ना ३:१६ भन्नाले यूहन्नाको पुस्तक, त्यसको तीन अध्यायको सोह्र पद भन्ने बुझिन्छ।

ईश्वरीय दृष्टिकोण राख्नु - ब्रायन किड

May 31, 2018

माथिका कुरामा मन लगाओ। पृथ्‍वीमा भएका कुरामा होइन।कलस्सी ३:२*   सत्र वर्षको उमेरमा म्यान्चेस्टर युनाइटेडमा आफ्नो पेसाको सुरु गरेर मैले फुटबलमा मेरो सम्पूर्ण जीवन बिताएको छु। दुई वर्षपछि, मैले म्यानचेस्टर युनाइटेडलाई युरोपियन कप जिताउनको लागि निर्णायक गोल गर्ने अवसर पाएँ। यो साँच्चै नै ठूलो प्रतिष्ठाको कुरा थियो। त्यसपछि म एक प्रशिक्षक हुनुभन्दा अगाडि म्यानचेस्टर सिटी, आर्सनल र अन्य बेलायती र विभिन्न अमेरिकी टोलीहरूमा गएँ, र अन्ततः सह-व्यवस्थापक भएँ।   प्रशिक्षक हुनु भनेको राम्रो काम हो। सुरुमा त मैले यस्तो भूमिका निभाउने योजना गरेको थिइनँ, तर म अहिले यो कामलाई औधी रुचाउँछु। यसमा ठूलो जोस र अति धेरै कठिन काम आवश्यक रहन्छ। पहिला खेलेका म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटी दुबैमा मैले प्रशिक्षण गर्ने मौका पाएको छु।   मैले खेलाडीको रूपमा खेलेदेखि नै फुटबलको क्रम-विकास भएको छ। अहिले संसारभरि नै प्रिमियर लिग हेरिन्छ र यो एउटा ठूलो व्यापार बनेको छ। यो अति रमाइलो छ, तर जति पनि पैसा आउँछ, त्यत्ति नै मात्रामा टोलीहरूमाथि दबाबहरू र मागहरू पनि आउँछन्‌। खेलको प्रेमभन्दा पनि जित्ने र हार्ने कुरालाई बढि महत्त्व दिने परिपाटी बनाउन धेरै सजिलो छ। जित र हारलाई कुनै व्यक्तिले कसरी लिन्छ भन्ने कुरालाई नै महत्त्वको रूपमा हेरिन्छ।   मेरो विश्वासले मलाई एउटा विचारधारामा अडिग रहनको निम्ति मद्दत गर्छ र फुटबल र जितभन्दा पनि अरू केही महत्त्वपूर्ण कुराहरू छन्‌ भन्ने कुराको सम्झना दिन्छ। दबाबहरू आउँदा मैले प्रायः यसरी प्रार्थना गर्दै गरेको हुन्छु, “तपाईंको इच्छा पूरा होस्‌,” अनि ती कुराहरू परमेश्वरलाई सुम्पिन्छु। तत्कालै मैले उत्तर पाउँदिन होला, तर समयको अन्तरालमा, परमेश्वरको योजना झन्‌-झन्‌ स्पष्ट हुँदै जान्छ।   म सानो बालक छँदा नै, हाम्रो परिवार निरन्तर मण्डली जान्थ्यौं। आज पनि, म साप्ताहिक रूपमा, र समयले भ्याएसम्म त्योभन्दा पनि अधिक, मण्डली जान्छु। यो मेरो मनको शान्ति, चिन्तन-मनन र प्रार्थनाको निम्ति अत्यावश्यक समय हो। आजको पुस्ताका धेरैजसो मानिसहरूसँग कुनै धर्म छैन, र यो अति दुःखदायी कुरा हो भन्ने मलाई लाग्छ। सर्वशक्तिमान्‌ परमेश्वरमा विश्वास राख्दा यसले सान्त्वना मिल्छ। जीवनका उतार र चढाउहरूको सँगसँगै व्यवसायिक खेल खेल्दा आउने दबाबहरूसँग सामना गर्न आवश्यक दृष्टिकोण र स्थिरता उहाँले प्रदान गर्नुहुन्छ।   कलस्सी ३:२ मा, प्रेरितपावलले हामीलाई उत्साह दिन्छन्‌, “माथिका कुरामा मन लगाओ। पृथ्‍वीमा भएका कुरामा होइन।” पावल आफ्नो विश्वासको खातिर पटक-पटक सताइए र थुनामा परे, तापनि उनले उनको सांसारिक कठिन परिस्थितिहरूभन्दा पर हेरेर परमेश्वरका प्रतिज्ञाहरूमा केन्द्रित हुन सके।   हाम्रो जीवनमा अनुभव गर्न सक्ने तनाव र दबाबहरूसँग सामना गर्न ख्रीष्टले हामीलाई शक्ति दिनुहुन्छ भन्ने कुरामा हामी केन्द्रित हुनको निम्ति उनले भनेको यो वचन हाम्रो निम्ति उत्साहित र उपयुक्त सम्झना हो।   ब्रायन किड्ड, म्यान्चेस्टर सिटीको निम्ति सह-प्रशिक्षकद्वारा लिखित। उनले म्यान्चेस्टर युनाइटेड र इङ्गल्यान्डको राष्ट्रिय टोलीलाई पनि प्रशिक्षण दिएका छन्‌। खेलाडीको रूपमा उनले म्यान्चेस्टर युनाइटेड, आर्सनल, म्यान्चेस्टर सिटी, एभर्टन, र अन्य क्लबहरूको निम्ति खेले।   * यी सन्दर्भहरू बाइबलबाट लिइएका हुन्‌, जसमा, येशू ख्रीष्टको जीवन, मृत्यु र पुनरुत्थानका आवश्यक विवरणहरू समावेश छन्‌। बाइबल पुस्तकहरूमा विभाजन गरिएको छ, जुन थप अध्यायहरू र पदहरूमा विभाजन गरिएको छ। उदाहरणको लागि, यूहन्ना ३:१६ भन्नाले यूहन्नाको पुस्तक, त्यसको तीन अध्यायको सोह्र पद भन्ने बुझिन्छ।