SportGoMag is for sportspersons around the world to tell their life, sport and faith in Christ-centered stories.

जीवन दिनेको बारेमा थाहा पाउनु – टिनु योहाननान

टिनु योहाननान पूर्व भारतीय बलरक्रिकेट मैदानमा केरला स्टेट टिमको लागि २०१४ देखि २०१८ सम्म बलिङ्गको प्रशिक्षक भएर फर्किए । अहिले उनी शैक्षिक संरचना र केरलामा कोचिङ प्रणालीमा कार्यरत छन् ।

म एउटा खेलकुद परिवारबाट आएको हुँ । मेरो बुवा टि.सी योहाननान, लङ जम्पमा ८ मिटर जम्प गर्ने पहिलो एसियन थिए । बुवाले एथ्लेटिक्समा राम्रो गरेको देख्दा मेरो अभिलाषा पनि एथ्लेटिक्समा सफल हुने बन्यो । मैले एकदम मिहिनेत गरे र त्यसपछि स्कुलको समयमा हुदाँ म आफ्नो राज्यलाई प्रतिनिधित्व गर्दै केही कार्यक्रमहरुमा हाई जम्पमा सहभागि हुन पाए । अनि मेरो स्कुलको अन्तिम वर्षमा, मेरो आत्मियता क्रिकेट प्रति विकास भयो । जब मैले यो खेल खेल्न सुरु गरे, मैले मसँग तेज बलिङ गर्ने प्रतिभा रहेछ भनि थाहा पाए । मैले एक प्रयास गर्ने निर्णय गरे र चाडै बुझे कि यो खेलमा केहि ठूलो गर्न म सक्षम छु ।

परमेश्वरको अनुग्रह व्दारा, मैले विश्वको राम्रो बलिङ प्रशिक्षक, डेनिस लिल्ले, अस्ट्रलियाको पहिलेको बलरसँग, तालिम गर्ने मौका पाए । ५ वर्षको तालिममा प्रशिक्षकको मुनि रहेर मैले यो खेलमा चाहिने सबै कुरा सिके । २००१ मा मलाई राष्टिय टिममा, आफ्नो देशलाई प्रतिनिधित्व गर्ने मौका दिइयो ।

यो एउटा सपना पुरा भएको थियो – मेरो लागि मात्र होइन, तर भारतको दक्षिणी टुप्पोमा रहेको मेरो राज्य केरलाको लागि पनि थियो । केरलाको कोहि पनि राष्ट्र टोलिमा पुग्न सकेको थिएन ! आफ्नो राज्य र देशलाई प्रतिनिधित्व गर्ने एकदम ठूलो उपलब्धि थियो ।

२००१ डिसेम्बरको मेरो पहिलो म्याचमा, मेरो पहिलो ओभरमा मैले चौँथो बलमा एक विकेट लिए । म एकैचोटि नयाँ पिचमा सफल भए । २१ वर्षको उमेरमा, मैले बनाई छाडे भनि मलाई लाग्यो । कसैले मलाई रोक्न सक्दैन ! र कसैले पनि यो खेललाई मबाट टाढा लग्न सक्दैन । म यही क्षणको लागि बसिरहेको थिए । मैले मेरो गुरु सचिन तेन्डुलकरसँग पनि खेल्ने मौका पाए ।

मैले २ वर्ष सम्म राष्ट्रिय टिममा खेले, तब सम्म जब २००३ मा चोटहरुबाट मलाई गाह्रो भयो । सुरुमा म फेरी फर्किन सक्छु जस्तो लाग्यो, मलाई लाग्यो म अविजित छु । तर जब मौका मतिर कहिल्यै फर्केन, तब वास्तविक्ताले मलाई प्रहार गर्यो कि यो त्यति सजिलो छैन । ४ वर्षसम्म मैले अतिरिक्त अभ्यास गरे, तर यति गरेता पनि म अझै आफ्नो टिममा फर्कन सकिन ।

म ख्रीष्टलाई पछ्याउने घरमा हुर्केको थिए, मलाई बाईबल पढ्ने र प्रार्थना गर्ने बानी थियो । म एउटा “नामको मात्र विश्वासी” थिए, दैनिक बाइबल पढ्ने र परिवारसँग प्रार्थना गर्ने । यो मैले क्रिकेट फिल्डमा मेरो पद नगुमाए सम्म सुरु भएन तब मलाई लाग्यो म ख्रीष्टसँग अझ नजिक हनुपर्छ । ममा भएको केहि कुराले मलाई विश्वास दिलायो कि जब म निश्चित उद्देश्यमा पुग्छु तब मैले आनन्द र शान्ति पाउँछु । जब त्यो कहिल्यै भएन, तब मैले परमेश्वरलाई खोज्न थाले । उहाँले मेरो जीवनमा धेरै विभिन्न मानिसहरु ल्याउनु भयो – जसलाई म त्यति बेला सम्म चिन्दिन थिए – जसले मेरो निम्ति परमेश्वरको उद्देश्य र योजना छ भने । उहाँहरुले मलाई भन्नु भयो मैले कुनै चिन्ता लिनु पर्दैन, किनकि परमेश्वरले सबै कुरा ठिक गर्नुहन्छ ।

मैले प्रभुको शब्दहरु अझ खोज्न र बुझ्न थाले । अनि २००७ को मे महिनामा, मेरो जिन्दगीमा ठूलो मोड आयो । मैले अचानक परमेश्वर मात्र होइन तर प्रभु येशू ख्रीष्ट पनि को हुनुहुन्छ भनेर बुझे । मैले बाइबल पढ्ने प्रार्थना गर्ने गर्थे तर यो क्षण अघि मैले येशू को हुनुहुन्छ भनेर बुझेको थिइन । ख्रीष्ट मेरो लागि मर्नुभयो, आफ्नो जीवनलाई त्याग्नुभयो ताकि मैले उहाँमा जीवन पाउ भन्ने मैले बुझ्न सुरु गरे । उहाँ प्रभु हुनुहुन्छ र उहाँ म भित्र वास गर्नुहुन्छ ।

यो प्रकाशले मेरो जीवनमा तुरून्तै परिवर्तन ल्यायो ! जब मैले मेरो पास्टरलाई त्यो दिन भेटे, मैले आफ्नो जीवन परिवर्तन भएको महसुस गरे । त्यो क्षण स्वर्गको परमेश्वर मसँग हुनुहुन्छ र मलाई प्रेम गनुहुन्छ भन्ने मैले थाहा पाए । यो अवर्णनीय अनुभुतीले मलाई नयाँ जीवन दियो ।

त्यो दिन प्रभु मसँग प्रस्टसँग बोल्नु भयो, उहाँ नै जीवन दिनु हुने हुनुहुन्छ भन्ने कुरा थाहा दिनुभयो । आत्मा गुमाउनु भन्दा ठूलो कुरा अरु केही छैन । म सबै कुरा प्रभुको निम्ति गर्छु किनकि ख्रीष्टव्दारा मलाई साँचो जीवन र आनन्द दिनुहुने उहाँ नै हुनुहुन्छ । यो प्रकाशले मलाई मेरा सबै डर, चिन्ता र दबाबहरुबाट मुक्त गरेको छ । मैले मेरो क्रिकेट पेशा भरि बाकेको सबै बोझ तुरुन्तै टाढा भए ।

त्यस दिन पछि, हरेक समय म क्रिकेट मैदानमा छिर्दा, म होइन तर प्रभु मव्दारा काम गर्दै हुनुहुन्छ भन्ने मैले बुझे । बाइबलले रोमी ६ः४ मा यसो लेखिएको छ, “यसकारण बप्तिसमा व्दारा हामी मृत्युमा उहाँसँगै गाडियौ, ताकि जसरी पिताको महिमाव्दारा ख्रीष्ट मरेकाहरुबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिडौँ ।” म पुरानो टिनु होइन । म येशू ख्रीष्टमा जिउँछु र ख्रीष्ट ममा जिउनु हुन्छ । मलाई अगुवाई गर्ने उहाँ नै हुनुहुन्छ ।

मलाई बाईबलमा मनपर्ने पद भजनसंग्रह ३२ः८ हो, जसले भन्छ, “म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्नुपर्ने सो तँलाई सिकाउनेछु । म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्नेछु ।” मलाई सामर्थ दिने, यो सत्यता अहिले मेरो जीवनको वास्तविकता र खम्बा बनेको छ ।

तपाईले यो संसारमा जेसुकै पाए तापनि – नाम, इज्जत, पैसा – ख्रीष्टसँगको जीवनमा तुलना गर्दा यी सब केही होइनन् । तपाईको आत्मा यो संसारले प्रस्ताव गरेको कुराहरु भन्दा बढि मुल्यवान छ । तपाईको आत्मा बचाउने एउटै मात्र बाटो छ र त्यो येशू ख्रीष्ट हुनुहुन्छ । पिता कहाँ पुग्ने वहाँ एउटै मात्र बाटो हुनुहुन्छ ।  आज मैले अनुभव गरेको यो साँचो आनन्द केबल येशू खीष्ट, हाम्रो प्रभु र मुक्तिदाताको माध्यमबाट आँउछ ।

टिनु योहाननान, भारतको क्रिकेटर

जीवन दिनेको बारेमा थाहा पाउनु – टिनु योहाननान

May 13, 2019

टिनु योहाननान पूर्व भारतीय बलरक्रिकेट मैदानमा केरला स्टेट टिमको लागि २०१४ देखि २०१८ सम्म बलिङ्गको प्रशिक्षक भएर फर्किए । अहिले उनी शैक्षिक संरचना र केरलामा कोचिङ प्रणालीमा कार्यरत छन् । म एउटा खेलकुद परिवारबाट आएको हुँ । मेरो बुवा टि.सी योहाननान, लङ जम्पमा ८ मिटर जम्प गर्ने पहिलो एसियन थिए । बुवाले एथ्लेटिक्समा राम्रो गरेको देख्दा मेरो अभिलाषा पनि एथ्लेटिक्समा सफल हुने बन्यो । मैले एकदम मिहिनेत गरे र त्यसपछि स्कुलको समयमा हुदाँ म आफ्नो राज्यलाई प्रतिनिधित्व गर्दै केही कार्यक्रमहरुमा हाई जम्पमा सहभागि हुन पाए । अनि मेरो स्कुलको अन्तिम वर्षमा, मेरो आत्मियता क्रिकेट प्रति विकास भयो । जब मैले यो खेल खेल्न सुरु गरे, मैले मसँग तेज बलिङ गर्ने प्रतिभा रहेछ भनि थाहा पाए । मैले एक प्रयास गर्ने निर्णय गरे र चाडै बुझे कि यो खेलमा केहि ठूलो गर्न म सक्षम छु । परमेश्वरको अनुग्रह व्दारा, मैले विश्वको राम्रो बलिङ प्रशिक्षक, डेनिस लिल्ले, अस्ट्रलियाको पहिलेको बलरसँग, तालिम गर्ने मौका पाए । ५ वर्षको तालिममा प्रशिक्षकको मुनि रहेर मैले यो खेलमा चाहिने सबै कुरा सिके । २००१ मा मलाई राष्टिय टिममा, आफ्नो देशलाई प्रतिनिधित्व गर्ने मौका दिइयो । यो एउटा सपना पुरा भएको थियो – मेरो लागि मात्र होइन, तर भारतको दक्षिणी टुप्पोमा रहेको मेरो राज्य केरलाको लागि पनि थियो । केरलाको कोहि पनि राष्ट्र टोलिमा पुग्न सकेको थिएन ! आफ्नो राज्य र देशलाई प्रतिनिधित्व गर्ने एकदम ठूलो उपलब्धि थियो । २००१ डिसेम्बरको मेरो पहिलो म्याचमा, मेरो पहिलो ओभरमा मैले चौँथो बलमा एक विकेट लिए । म एकैचोटि नयाँ पिचमा सफल भए । २१ वर्षको उमेरमा, मैले बनाई छाडे भनि मलाई लाग्यो । कसैले मलाई रोक्न सक्दैन ! र कसैले पनि यो खेललाई मबाट टाढा लग्न सक्दैन । म यही क्षणको लागि बसिरहेको थिए । मैले मेरो गुरु सचिन तेन्डुलकरसँग पनि खेल्ने मौका पाए । मैले २ वर्ष सम्म राष्ट्रिय टिममा खेले, तब सम्म जब २००३ मा चोटहरुबाट मलाई गाह्रो भयो । सुरुमा म फेरी फर्किन सक्छु जस्तो लाग्यो, मलाई लाग्यो म अविजित छु । तर जब मौका मतिर कहिल्यै फर्केन, तब वास्तविक्ताले मलाई प्रहार गर्यो कि यो त्यति सजिलो छैन । ४ वर्षसम्म मैले अतिरिक्त अभ्यास गरे, तर यति गरेता पनि म अझै आफ्नो टिममा फर्कन सकिन । म ख्रीष्टलाई पछ्याउने घरमा हुर्केको थिए, मलाई बाईबल पढ्ने र प्रार्थना गर्ने बानी थियो । म एउटा “नामको मात्र विश्वासी” थिए, दैनिक बाइबल पढ्ने र परिवारसँग प्रार्थना गर्ने । यो मैले क्रिकेट फिल्डमा मेरो पद नगुमाए सम्म सुरु भएन तब मलाई लाग्यो म ख्रीष्टसँग अझ नजिक हनुपर्छ । ममा भएको केहि कुराले मलाई विश्वास दिलायो कि जब म निश्चित उद्देश्यमा पुग्छु तब मैले आनन्द र शान्ति पाउँछु । जब त्यो कहिल्यै भएन, तब मैले परमेश्वरलाई खोज्न थाले । उहाँले मेरो जीवनमा धेरै विभिन्न मानिसहरु ल्याउनु भयो – जसलाई म त्यति बेला सम्म चिन्दिन थिए – जसले मेरो निम्ति परमेश्वरको उद्देश्य र योजना छ भने । उहाँहरुले मलाई भन्नु भयो मैले कुनै चिन्ता लिनु पर्दैन, किनकि परमेश्वरले सबै कुरा ठिक गर्नुहन्छ । मैले प्रभुको शब्दहरु अझ खोज्न र बुझ्न थाले । अनि २००७ को मे महिनामा, मेरो जिन्दगीमा ठूलो मोड आयो । मैले अचानक परमेश्वर मात्र होइन तर प्रभु येशू ख्रीष्ट पनि को हुनुहुन्छ भनेर बुझे । मैले बाइबल पढ्ने प्रार्थना गर्ने गर्थे तर यो क्षण अघि मैले येशू को हुनुहुन्छ भनेर बुझेको थिइन । ख्रीष्ट मेरो लागि मर्नुभयो, आफ्नो जीवनलाई त्याग्नुभयो ताकि मैले उहाँमा जीवन पाउ भन्ने मैले बुझ्न सुरु गरे । उहाँ प्रभु हुनुहुन्छ र उहाँ म भित्र वास गर्नुहुन्छ । यो प्रकाशले मेरो जीवनमा तुरून्तै परिवर्तन ल्यायो ! जब मैले मेरो पास्टरलाई त्यो दिन भेटे, मैले आफ्नो जीवन परिवर्तन भएको महसुस गरे । त्यो क्षण स्वर्गको परमेश्वर मसँग हुनुहुन्छ र मलाई प्रेम गनुहुन्छ भन्ने मैले थाहा पाए । यो अवर्णनीय अनुभुतीले मलाई नयाँ जीवन दियो । त्यो दिन प्रभु मसँग प्रस्टसँग बोल्नु भयो, उहाँ नै जीवन दिनु हुने हुनुहुन्छ भन्ने कुरा थाहा दिनुभयो । आत्मा गुमाउनु भन्दा ठूलो कुरा अरु केही छैन । म सबै कुरा प्रभुको निम्ति गर्छु किनकि ख्रीष्टव्दारा मलाई साँचो जीवन र आनन्द दिनुहुने उहाँ नै हुनुहुन्छ । यो प्रकाशले मलाई मेरा सबै डर, चिन्ता र दबाबहरुबाट मुक्त गरेको छ । मैले मेरो क्रिकेट पेशा भरि बाकेको सबै बोझ तुरुन्तै टाढा भए । त्यस दिन पछि, हरेक समय म क्रिकेट मैदानमा छिर्दा, म होइन तर प्रभु मव्दारा काम गर्दै हुनुहुन्छ भन्ने मैले बुझे । बाइबलले रोमी ६ः४ मा यसो लेखिएको छ, “यसकारण बप्तिसमा व्दारा हामी मृत्युमा उहाँसँगै गाडियौ, ताकि जसरी पिताको महिमाव्दारा ख्रीष्ट मरेकाहरुबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिडौँ ।” म पुरानो टिनु होइन । म येशू ख्रीष्टमा जिउँछु र ख्रीष्ट ममा जिउनु हुन्छ । मलाई अगुवाई गर्ने उहाँ नै हुनुहुन्छ । मलाई बाईबलमा मनपर्ने पद भजनसंग्रह ३२ः८ हो, जसले भन्छ, “म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्नुपर्ने सो तँलाई सिकाउनेछु । म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्नेछु ।” मलाई सामर्थ दिने, यो सत्यता अहिले मेरो जीवनको वास्तविकता र खम्बा बनेको छ । तपाईले यो संसारमा जेसुकै पाए तापनि – नाम, इज्जत, पैसा – ख्रीष्टसँगको जीवनमा तुलना गर्दा यी सब केही होइनन् । तपाईको आत्मा यो संसारले प्रस्ताव गरेको कुराहरु भन्दा बढि मुल्यवान छ । तपाईको आत्मा बचाउने एउटै मात्र बाटो छ र त्यो येशू ख्रीष्ट हुनुहुन्छ । पिता कहाँ पुग्ने वहाँ एउटै मात्र बाटो हुनुहुन्छ ।  आज मैले अनुभव गरेको यो साँचो आनन्द केबल येशू खीष्ट, हाम्रो प्रभु र मुक्तिदाताको माध्यमबाट आँउछ । टिनु योहाननान, भारतको क्रिकेटर