SportGoMag is for sportspersons around the world to tell their life, sport and faith in Christ-centered stories.

जीवन परिवर्तन हुने व्यक्तिगत विश्वास – वेश हल

वेश हल, वेस्ट इन्डिजका एक पौराणिक फास्ट बलर, बारबाडोसको न्यून आनन्दको परिस्थितिहरुमा हुर्केका थिए । द आइसिसि क्रिकेटको हल अफ फेममा परिसकेका, अहिले उनी ८१ वर्षको भए र उनको यात्रालाई प्रतिबिम्बित गर्छन् ।

हाम्रो घर प्रेमले पूर्ण तर आधुनिक सुविधा नभएको थियो । ८ वर्षको  उमेरमा मेरो आशा एकदिन क्रिकेटले मलाई राम्रो जीवन अनुभव गराउँछ भन्ने थियो । मेरो उद्देश्य एकदिन वेस्ट इन्डिजको टिममा खेल्ने थियो ।

मेरो बुवाको थोरै तलबको काम थियो र मेरी आमा घरको लागि केही जुटाउन एक भन्दा बढि काम गर्नु हुन्थ्यो । मेरी आमा विश्वास र मान्यताहरुमा उल्लेखनीय महिला थिईन् ; म उहाँको एकदमै सिको गर्थे । जब म जवान थिए, म धर्मी थिए तर पछि मैले बुझे कि मैले प्रभुलाई आफ्नो उद्धारकको रुपमा स्वीकार गर्नसक्छु भनेर बुझे र परमेश्वरसँगको आत्मिक सम्बन्धको महत्वपूर्णताको अनुभव गरे ।

पछि राजनितीज्ञको रुपमा मैले टिभीमा आफूलाई एउटा पत्रकारलाई एकदम अभद्र तरिकाले जवाफ दिएको देखे । मेरी आमाले टिभीमा त्यो देख्नुभयो र मलाई हप्काउनुभयो । उहाँले भन्नुभयो, “मैले तिमीलाई हुर्काएको अनुरुप तिमीले व्यवहार गरेनौ ।”

मेरी आमाको त्यो प्रकारको इमान्दार, प्रेमीलो कुराले सधै मलाई सहयोग गर्थ्यो र म त्यसलाई कदर गर्छु । उहाँको प्रभाव र अनुशासनले म आज जे छु त्यही भएको छु । वेस्ट इन्डिजको खेलाडीको रुपमा, म मेरो प्रतिद्वन्दीलाई दुश्मनको रुपमा होइन तर प्रतियोगीको रुपमा आदर गर्न चाहान्छु ।

मेरो अन्तराष्ट्रिय टेस्ट क्रिकेट पेशा भारत विरुद्ध एकदम राम्रोसँग सुरुवात भयो । अस्ट्रेलियाको सेफफिल्ड सिल्डमा क्वीन्सल्यान्डको लागि २ सिजन खेल्दा म धेरै रमाए । मेरो पाकिस्तान विरुद्धको टेस्ट क्रिकेटको ह्याट्रिक वेस्ट इन्डिजको खेलाडीको पहिलो ह्याट्रिक बन्यो । एकदमै प्रख्यात टेस्ट म्याचमा मैले अन्तिम ओभर बलिङ गरे जुन खेल अस्ट्रेलिया विरुद्ध बराबर भएको थियो, इतिहासमा अहिले सम्म यस्तो बराबर भएको २ टेस्ट म्याच मात्र छन् ।

लर्डस्को टेस्टमा, विसडेन क्रिकेटर्स अलमानकले, “विकेटमा लामो रन कायम गर्ने, साथै लामो फलो थ्रु, हलले विकेट लिने तरिकाले हरेक बल बलिङ गरेका थिए” भनेर लेखेका छन् । लर्डस्को टेस्टमा उनको प्रख्यात अन्तिम दिनमा उनले घण्टा पछि घण्टा, बलिङ गरिरहेको कसैले कहिल्यै बिर्सने छैन ।”

तर त्यो मेरो खेल्ने पेशा पछि सम्म थिएन, जब मैले ख्रीष्टलाई प्रभुको रुपमा स्वीकारे, उहाँसग मेरो पापको निम्ति क्षमा मागे र मेरो व्यक्तिगत मुक्तिदाताको रुपमा स्वीकारे । तब मेरो नयाँ जीवनको सुरुवात भयो ।

मैले मेरो जीवनको राम्रो वर्षहरु ख्रीष्टलाई नपछ्याएर खेर फाले । यी वर्षहरुमा मैले ख्रीष्टलाई पछ्याएपछि, धेरै क्रिकेटरहरुको र वेस्ट इन्डिज टिमको सेवा गर्नु एकदम राम्रो भएको छ । सबैभन्दा विशेष समय जब मालकोम मार्सल, वेस्ट इन्डिजको अर्को फास्ट बलरसँग, उसको जीवनको अन्तिम महिनामा, आफ्नो अनन्त जीवनको कुरा गर्दा र उसको जीवन परिवर्तन हुने व्यक्तिगत विश्वासमा उसलाई परिचित गराउँदा मलार्इ आनन्द महसुस भएको थियो । 

प्रभुलाई नजिकबाट चिन्नु र अरुको सेवा गर्नु आनन्दको कुरा हो ।

वेश हल, वेस्ट इन्डिजका पूर्व क्रिकेटर

जीवन परिवर्तन हुने व्यक्तिगत विश्वास – वेश हल

May 13, 2019

वेश हल, वेस्ट इन्डिजका एक पौराणिक फास्ट बलर, बारबाडोसको न्यून आनन्दको परिस्थितिहरुमा हुर्केका थिए । द आइसिसि क्रिकेटको हल अफ फेममा परिसकेका, अहिले उनी ८१ वर्षको भए र उनको यात्रालाई प्रतिबिम्बित गर्छन् । हाम्रो घर प्रेमले पूर्ण तर आधुनिक सुविधा नभएको थियो । ८ वर्षको  उमेरमा मेरो आशा एकदिन क्रिकेटले मलाई राम्रो जीवन अनुभव गराउँछ भन्ने थियो । मेरो उद्देश्य एकदिन वेस्ट इन्डिजको टिममा खेल्ने थियो । मेरो बुवाको थोरै तलबको काम थियो र मेरी आमा घरको लागि केही जुटाउन एक भन्दा बढि काम गर्नु हुन्थ्यो । मेरी आमा विश्वास र मान्यताहरुमा उल्लेखनीय महिला थिईन् ; म उहाँको एकदमै सिको गर्थे । जब म जवान थिए, म धर्मी थिए तर पछि मैले बुझे कि मैले प्रभुलाई आफ्नो उद्धारकको रुपमा स्वीकार गर्नसक्छु भनेर बुझे र परमेश्वरसँगको आत्मिक सम्बन्धको महत्वपूर्णताको अनुभव गरे । पछि राजनितीज्ञको रुपमा मैले टिभीमा आफूलाई एउटा पत्रकारलाई एकदम अभद्र तरिकाले जवाफ दिएको देखे । मेरी आमाले टिभीमा त्यो देख्नुभयो र मलाई हप्काउनुभयो । उहाँले भन्नुभयो, “मैले तिमीलाई हुर्काएको अनुरुप तिमीले व्यवहार गरेनौ ।” मेरी आमाको त्यो प्रकारको इमान्दार, प्रेमीलो कुराले सधै मलाई सहयोग गर्थ्यो र म त्यसलाई कदर गर्छु । उहाँको प्रभाव र अनुशासनले म आज जे छु त्यही भएको छु । वेस्ट इन्डिजको खेलाडीको रुपमा, म मेरो प्रतिद्वन्दीलाई दुश्मनको रुपमा होइन तर प्रतियोगीको रुपमा आदर गर्न चाहान्छु । मेरो अन्तराष्ट्रिय टेस्ट क्रिकेट पेशा भारत विरुद्ध एकदम राम्रोसँग सुरुवात भयो । अस्ट्रेलियाको सेफफिल्ड सिल्डमा क्वीन्सल्यान्डको लागि २ सिजन खेल्दा म धेरै रमाए । मेरो पाकिस्तान विरुद्धको टेस्ट क्रिकेटको ह्याट्रिक वेस्ट इन्डिजको खेलाडीको पहिलो ह्याट्रिक बन्यो । एकदमै प्रख्यात टेस्ट म्याचमा मैले अन्तिम ओभर बलिङ गरे जुन खेल अस्ट्रेलिया विरुद्ध बराबर भएको थियो, इतिहासमा अहिले सम्म यस्तो बराबर भएको २ टेस्ट म्याच मात्र छन् । लर्डस्को टेस्टमा, विसडेन क्रिकेटर्स अलमानकले, “विकेटमा लामो रन कायम गर्ने, साथै लामो फलो थ्रु, हलले विकेट लिने तरिकाले हरेक बल बलिङ गरेका थिए” भनेर लेखेका छन् । लर्डस्को टेस्टमा उनको प्रख्यात अन्तिम दिनमा उनले घण्टा पछि घण्टा, बलिङ गरिरहेको कसैले कहिल्यै बिर्सने छैन ।” तर त्यो मेरो खेल्ने पेशा पछि सम्म थिएन, जब मैले ख्रीष्टलाई प्रभुको रुपमा स्वीकारे, उहाँसग मेरो पापको निम्ति क्षमा मागे र मेरो व्यक्तिगत मुक्तिदाताको रुपमा स्वीकारे । तब मेरो नयाँ जीवनको सुरुवात भयो । मैले मेरो जीवनको राम्रो वर्षहरु ख्रीष्टलाई नपछ्याएर खेर फाले । यी वर्षहरुमा मैले ख्रीष्टलाई पछ्याएपछि, धेरै क्रिकेटरहरुको र वेस्ट इन्डिज टिमको सेवा गर्नु एकदम राम्रो भएको छ । सबैभन्दा विशेष समय जब मालकोम मार्सल, वेस्ट इन्डिजको अर्को फास्ट बलरसँग, उसको जीवनको अन्तिम महिनामा, आफ्नो अनन्त जीवनको कुरा गर्दा र उसको जीवन परिवर्तन हुने व्यक्तिगत विश्वासमा उसलाई परिचित गराउँदा मलार्इ आनन्द महसुस भएको थियो ।  प्रभुलाई नजिकबाट चिन्नु र अरुको सेवा गर्नु आनन्दको कुरा हो । वेश हल, वेस्ट इन्डिजका पूर्व क्रिकेटर