SportGoMag is for sportspersons around the world to tell their life, sport and faith in Christ-centered stories.

ख्रीष्टबिना केहि पनि छैन – जे पि डुमिनी

दक्षिण अफ्रिकी क्रिकेटर जे.पि.डुमिनीले बाँया हाते ब्याटसम्यान र दाँया हाते अफ स्पिन बलरको रुपमा आफ्नो नाम बनाई सकेका छन् । वेस्टर्न केप अफ अफ्रिका मा हुर्केका, उनी अहिले, द केप कोब्राज र दक्षिण अफ्रिकन राष्ट्रिय टिम दुवैको लागि खेल्छन् ।

म ८ वर्षको हुदाँ यो सब सुरु भयो, स्ट्रान्डफोनटेन क्रिकेट क्लबको लागि खेल्दा – म क्रिकेट खेलसँग प्रेममा परे । जब म खेलमा एकदमै रमाउँथे, मेरो बुवा नै हुनुहुन्थ्यो जसले एकदिन म आफ्नो देशलाई प्रतिनिधित्व गरेर खेल्न सक्छु भनेर म माथि विश्वास गर्नुभयो । १७ वर्षको उमेरमा, मैले पश्चिमी प्रदेशबाट आफ्नो पहिलो व्यवसायिक सम्झौता पत्र पाए ।

मेरो समर्थनको ढाँचामा यस्तो राम्रो परिवार, मित्रहरु र प्रशिक्षकहरु पाएकोमा म अविश्वसनीय रुपले आशिषित छु । तर २०१२ मा, जब मेरो कुर्कुच्चाको नशा चुँडियो, तब म ख्रीष्टमा भरोसा राख्न र ख्रीष्टप्रतिको व्यक्तिगत विश्वासमा साँचो रुपले बढे । यो महत्वपुर्ण समय मेरो आत्मिकि विकासको लागि पनि अर्थपुर्ण थियो । उहाँले मेरो वरिपरि एकदमै राम्रो साथीहरू राखिदिनुभयो जसले मलार्इ ख्रीष्टलार्इ बुझ्ने यात्रामा बाटो देखाए र कलबरीको क्रुसको बलिदानको कुरा बुझाए ।

 “म खीष्टसँगै क्रुसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर खीष्ट ममा जिउनुहुन्छ । जुन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफुलाई अर्पण गर्नुभयो । – गलाती २२०

त्यो समय पछि मेरो उद्देश्य यहि रह्यो कि खेलमा एकदम राम्रो गरेर प्रभुले मलार्इ दिनुभएको वरदानलार्इ सम्मान गर्ने । मैले गर्ने हरेक सानो कामबाट पनि म उहाँलार्इ र उहाँको नामलार्इ महिमा दिन चाहान्छु । 

एक व्यवसायिक खेलाडी भएपछि त्यहाँ एकदम ठूलो आशाहरु सँगै जोडेर आउँछ, र त्यो आशाहरुको कारण हामी कुनै समय व्याकुल हुन सक्छौँ । यो पेशा हेर्दा सजिलो देखिन्छ, तर जति समय र शक्ति हामी खेलाडीले हाम्रो खेलमा लगानी गर्छ, दिन कै हामीले केहि चुनौतीहरु सामना गर्नुपर्छ । यतिका वर्षहरुमा, मैले यहि सिके कि मैले केहि कुराहरु मात्र आफ्नो बलमा गर्न सक्छु । त्यसपछि, सबै कुराहरु प्रभुको हातमा छोडिदिने हो ।

म ख्रीष्ट बिना केहि पनि होइन । मेरा सबै सफलताहरु पनि उहाँ बिना असम्भव छन् । हामीहरु पतित जीव हौ त्यसै कारणले ख्रीष्ट हाम्रो लागि मर्नुभयो । मेरो पहिचान कसैले दिएको नामपत्रबाट पाइदैँन, तर उहाँ जसले म को हुँ भनेर भन्नुहुन्छ त्यहाँ मेरो पहिचान पाइन्छ । मेरो जीवनको अन्त्यमा, , जो ख्रीष्टलाई चाहान्थ्यो, आफ्नो सबै कुरा हरेक समयमा दिन्थ्यो, जसले मानिसलाई प्रेम गर्थ्यो, जो अरुको खाँचो पूरा गर्नमा दयालु थियो र जसको सेवकको मनोवृत्ति थियो भनेर चिनिन चाहन्छु ।

जे.पि.डुमिनी, दक्षिण अफ्रिकाको क्रिकेटर

ख्रीष्टबिना केहि पनि छैन – जे पि डुमिनी

May 13, 2019

दक्षिण अफ्रिकी क्रिकेटर जे.पि.डुमिनीले बाँया हाते ब्याटसम्यान र दाँया हाते अफ स्पिन बलरको रुपमा आफ्नो नाम बनाई सकेका छन् । वेस्टर्न केप अफ अफ्रिका मा हुर्केका, उनी अहिले, द केप कोब्राज र दक्षिण अफ्रिकन राष्ट्रिय टिम दुवैको लागि खेल्छन् । म ८ वर्षको हुदाँ यो सब सुरु भयो, स्ट्रान्डफोनटेन क्रिकेट क्लबको लागि खेल्दा – म क्रिकेट खेलसँग प्रेममा परे । जब म खेलमा एकदमै रमाउँथे, मेरो बुवा नै हुनुहुन्थ्यो जसले एकदिन म आफ्नो देशलाई प्रतिनिधित्व गरेर खेल्न सक्छु भनेर म माथि विश्वास गर्नुभयो । १७ वर्षको उमेरमा, मैले पश्चिमी प्रदेशबाट आफ्नो पहिलो व्यवसायिक सम्झौता पत्र पाए । मेरो समर्थनको ढाँचामा यस्तो राम्रो परिवार, मित्रहरु र प्रशिक्षकहरु पाएकोमा म अविश्वसनीय रुपले आशिषित छु । तर २०१२ मा, जब मेरो कुर्कुच्चाको नशा चुँडियो, तब म ख्रीष्टमा भरोसा राख्न र ख्रीष्टप्रतिको व्यक्तिगत विश्वासमा साँचो रुपले बढे । यो महत्वपुर्ण समय मेरो आत्मिकि विकासको लागि पनि अर्थपुर्ण थियो । उहाँले मेरो वरिपरि एकदमै राम्रो साथीहरू राखिदिनुभयो जसले मलार्इ ख्रीष्टलार्इ बुझ्ने यात्रामा बाटो देखाए र कलबरीको क्रुसको बलिदानको कुरा बुझाए ।  “म खीष्टसँगै क्रुसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर खीष्ट ममा जिउनुहुन्छ । जुन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफुलाई अर्पण गर्नुभयो । – गलाती २२० त्यो समय पछि मेरो उद्देश्य यहि रह्यो कि खेलमा एकदम राम्रो गरेर प्रभुले मलार्इ दिनुभएको वरदानलार्इ सम्मान गर्ने । मैले गर्ने हरेक सानो कामबाट पनि म उहाँलार्इ र उहाँको नामलार्इ महिमा दिन चाहान्छु ।  एक व्यवसायिक खेलाडी भएपछि त्यहाँ एकदम ठूलो आशाहरु सँगै जोडेर आउँछ, र त्यो आशाहरुको कारण हामी कुनै समय व्याकुल हुन सक्छौँ । यो पेशा हेर्दा सजिलो देखिन्छ, तर जति समय र शक्ति हामी खेलाडीले हाम्रो खेलमा लगानी गर्छ, दिन कै हामीले केहि चुनौतीहरु सामना गर्नुपर्छ । यतिका वर्षहरुमा, मैले यहि सिके कि मैले केहि कुराहरु मात्र आफ्नो बलमा गर्न सक्छु । त्यसपछि, सबै कुराहरु प्रभुको हातमा छोडिदिने हो । म ख्रीष्ट बिना केहि पनि होइन । मेरा सबै सफलताहरु पनि उहाँ बिना असम्भव छन् । हामीहरु पतित जीव हौ त्यसै कारणले ख्रीष्ट हाम्रो लागि मर्नुभयो । मेरो पहिचान कसैले दिएको नामपत्रबाट पाइदैँन, तर उहाँ जसले म को हुँ भनेर भन्नुहुन्छ त्यहाँ मेरो पहिचान पाइन्छ । मेरो जीवनको अन्त्यमा, , जो ख्रीष्टलाई चाहान्थ्यो, आफ्नो सबै कुरा हरेक समयमा दिन्थ्यो, जसले मानिसलाई प्रेम गर्थ्यो, जो अरुको खाँचो पूरा गर्नमा दयालु थियो र जसको सेवकको मनोवृत्ति थियो भनेर चिनिन चाहन्छु । जे.पि.डुमिनी, दक्षिण अफ्रिकाको क्रिकेटर