SportGoMag is for sportspersons around the world to tell their life, sport and faith in Christ-centered stories.

चम्किलो ज्योति – कार्लोस ब्राथवेट

कारलोस ब्राथवेट वेस्ट इन्डिजको अलराउन्डर क्रिकेटर हुन् जो बारबाडोसबाट आएका हुन् जसले २०१६ मा वेस्ट इन्डिजको अन्तराष्ट्रिय टि २० ( T 20 I ) समुहको कप्तानको जिम्मेवारी लिनुभयो । उनी वेस्ट इन्डिजको लागि टेस्ट क्रिकेट, अन्तराष्ट्रिय एकदिवसीय ( ODI ) र अन्तराष्ट्रिय टि २० ( T 20 I ) खेल्दछन् । २०१६ मा विश्व टि २० को फाइनलको अन्तिम ओभरमा ईङ्गल्यान्डको विरुद्धको खेलमा ब्राथवेट अन्तराष्ट्रिय टि २० ( T 20 I ) मा लगातार ४ छक्का प्रहार गर्ने वेस्ट इन्डिजको पहिलो खेलाडी बने ।

म सधै व्यवसायिक क्रिकेटर बन्न चाहान्थे, तर म एक उध्यमी पनि हुन चाहान्थे । मलाई लाग्छ म १९ वर्षको उमेरमा दोधारमा भए – विश्वविधालय गएर पछि क्रिकेट खेलु कि खेलमा अझ केहि वर्ष समर्पित गरु ? मैले मेरो खेल कसरी अघि बढ्छ भनेर हेर्ने निर्णय गरे, ’cause पछि गएर पनि डिग्री हासिल गर्न सक्छु भनि मलाई थाहा थियो । त्यसैले त्यो एकदम महत्वपुर्ण थियो र खुशीको कुरा मेरो पेशा राम्रो हुदैँ गयो ।

अन्तराष्ट्रिय टि २० ( T 20 I ) को फाइनलले मेरो जीवनमा परिवर्तन ल्यायो । मलाई थाहा पनि छैन कि म कसरी बयान गरु वास्तवमा मैले त्यो छक्का कसरी हाने, तर त्यो एकदमै अचम्मको अनुभव थियो । त्यो एउटा दन्त्य कथा जस्तै थियो जुन वास्तवमा जिउन पाइन्थ्यो, विश्वकप जित्ने एउटा सपना कस्तो तरिकाले पुरा भएको थियो १ एउटा शान्दार फाइनलको हिस्सा हुनु र सपनामा पनि नसोचेको ४ छक्का हान्नु । म स्तब्द भएको थिए ।

म एउटा ख्रीष्टलाई प्रेम गर्ने घरमा हुर्किए, मेरो आमा एकदम ख्रीष्ट अनुयायी थिइन् र म सधै सन्डे स्कुल जान्थे । यी सब मेरा वरिपरि थिए, मण्डली र सन्डे स्कुल जाने सधै नै मेरो दिनको एक भाग हुन्थ्यो । सानो उमेर देखी नै म ख्रीष्टसँग परिचित भए र म आफ्नो लागि त्यही कुरामा अघि बढे । म केहि कुराहरुमा खस्किए तर यसले मेरो विश्वासको जरा अझ बलियो बनाउन सहयोग गर्यो ।

मैले मेरो क्षमतालाई प्रभुको उपहारको स्वरुपमा हेर्थे । मेरो बुवाले म २ – ३ वर्षको हुदाँ म घर पछाडिको आँगनमा क्रिकेट खेलेको कथा भन्नु हुन्थ्यो । म एकदमै मिहिनेत गर्थे र मलाई लाग्छ कि कहिलेकाहीं मानिसले परमेश्वरबाट उपहार लिन्छन् र त्यस सँग केहि गर्नु पर्दैन भनि आशा गर्छन् ; ’em परिपक्व हुन्छन् र अझै राम्रा हुन्छन् । तर अझै मिहिनेत गर्न बाँकी नै छ ।

यो बाईबलको सुनको सिक्काको दृष्टान्तको एक मानिसजस्तै हो जसले पाएको सुनको सिक्कालाई २ गुणा बढी बनाएको थियो, र त्यसै गरि अर्को मानिसले पाएको सुनको सिक्कालाई जमिन मुनि गाडेको थियो । यो परमेश्वरबाट आएको वरदान हो र म यसलाई कदर गर्छु, तर यसमा अझ मैले मिहिनेत गर्नु बाँकी छ ताकि अन्तमा यसलाई परिपक्व पारेर सफलताको कटनी  गर्नसकू ।

परमेश्वरले अहिले मलाई नम्रता सिकाउँदै हुनुहुन्छ । म एकदमै आशिषित थिए जब मैले इंडियन प्रिमियर लिगको ड्रेसिङ्ग रुम इमरान ताहिर,  जे.पी. डुमिनि र राहुल ड्राभिडसँग बाड्न पाए – जो एकदमै नम्र व्यक्तिहरु थिए । उनीहरुले क्रिकेटमा धेरै कुरा पाएका थिए र जब प्रशंसकहरु क्रिकेटमा – पागल भारत देशमा, उनीहरुसँग फोटो खिच्न आउथे, तब उनीहरुले नम्र तरिकाले हुन्छ वा हुन्न भन्थे ।

मेरो लागि, उनीहरुले पाएका जस्तै प्रशंसा पाउनु स्वीकार गर्नु गाह्रो छ । अब त्यो नम्रता क्यारिबीयनमा ल्याउने समय भएको छ र मेरा साथीहरुको माझ चम्किलो ज्योति बन्ने र म जता गए पनि त्यो देखाउने ।

कारलोस ब्राथवेट, वेस्ट इन्डिजको क्रिकेटर

चम्किलो ज्योति – कार्लोस ब्राथवेट

May 13, 2019

कारलोस ब्राथवेट वेस्ट इन्डिजको अलराउन्डर क्रिकेटर हुन् जो बारबाडोसबाट आएका हुन् जसले २०१६ मा वेस्ट इन्डिजको अन्तराष्ट्रिय टि २० ( T 20 I ) समुहको कप्तानको जिम्मेवारी लिनुभयो । उनी वेस्ट इन्डिजको लागि टेस्ट क्रिकेट, अन्तराष्ट्रिय एकदिवसीय ( ODI ) र अन्तराष्ट्रिय टि २० ( T 20 I ) खेल्दछन् । २०१६ मा विश्व टि २० को फाइनलको अन्तिम ओभरमा ईङ्गल्यान्डको विरुद्धको खेलमा ब्राथवेट अन्तराष्ट्रिय टि २० ( T 20 I ) मा लगातार ४ छक्का प्रहार गर्ने वेस्ट इन्डिजको पहिलो खेलाडी बने । म सधै व्यवसायिक क्रिकेटर बन्न चाहान्थे, तर म एक उध्यमी पनि हुन चाहान्थे । मलाई लाग्छ म १९ वर्षको उमेरमा दोधारमा भए – विश्वविधालय गएर पछि क्रिकेट खेलु कि खेलमा अझ केहि वर्ष समर्पित गरु ? मैले मेरो खेल कसरी अघि बढ्छ भनेर हेर्ने निर्णय गरे, किनभने पछि गएर पनि डिग्री हासिल गर्न सक्छु भनि मलाई थाहा थियो । त्यसैले त्यो एकदम महत्वपुर्ण थियो र खुशीको कुरा मेरो पेशा राम्रो हुदैँ गयो । अन्तराष्ट्रिय टि २० ( T 20 I ) को फाइनलले मेरो जीवनमा परिवर्तन ल्यायो । मलाई थाहा पनि छैन कि म कसरी बयान गरु वास्तवमा मैले त्यो छक्का कसरी हाने, तर त्यो एकदमै अचम्मको अनुभव थियो । त्यो एउटा दन्त्य कथा जस्तै थियो जुन वास्तवमा जिउन पाइन्थ्यो, विश्वकप जित्ने एउटा सपना कस्तो तरिकाले पुरा भएको थियो १ एउटा शान्दार फाइनलको हिस्सा हुनु र सपनामा पनि नसोचेको ४ छक्का हान्नु । म स्तब्द भएको थिए । म एउटा ख्रीष्टलाई प्रेम गर्ने घरमा हुर्किए, मेरो आमा एकदम ख्रीष्ट अनुयायी थिइन् र म सधै सन्डे स्कुल जान्थे । यी सब मेरा वरिपरि थिए, मण्डली र सन्डे स्कुल जाने सधै नै मेरो दिनको एक भाग हुन्थ्यो । सानो उमेर देखी नै म ख्रीष्टसँग परिचित भए र म आफ्नो लागि त्यही कुरामा अघि बढे । म केहि कुराहरुमा खस्किए तर यसले मेरो विश्वासको जरा अझ बलियो बनाउन सहयोग गर्यो । मैले मेरो क्षमतालाई प्रभुको उपहारको स्वरुपमा हेर्थे । मेरो बुवाले म २ – ३ वर्षको हुदाँ म घर पछाडिको आँगनमा क्रिकेट खेलेको कथा भन्नु हुन्थ्यो । म एकदमै मिहिनेत गर्थे र मलाई लाग्छ कि कहिलेकाहीं मानिसले परमेश्वरबाट उपहार लिन्छन् र त्यस सँग केहि गर्नु पर्दैन भनि आशा गर्छन् ; तिनीहरु परिपक्व हुन्छन् र अझै राम्रा हुन्छन् । तर अझै मिहिनेत गर्न बाँकी नै छ । यो बाईबलको सुनको सिक्काको दृष्टान्तको एक मानिसजस्तै हो जसले पाएको सुनको सिक्कालाई २ गुणा बढी बनाएको थियो, र त्यसै गरि अर्को मानिसले पाएको सुनको सिक्कालाई जमिन मुनि गाडेको थियो । यो परमेश्वरबाट आएको वरदान हो र म यसलाई कदर गर्छु, तर यसमा अझ मैले मिहिनेत गर्नु बाँकी छ ताकि अन्तमा यसलाई परिपक्व पारेर सफलताको कटनी  गर्नसकू । परमेश्वरले अहिले मलाई नम्रता सिकाउँदै हुनुहुन्छ । म एकदमै आशिषित थिए जब मैले इंडियन प्रिमियर लिगको ड्रेसिङ्ग रुम इमरान ताहिर,  जे.पी. डुमिनि र राहुल ड्राभिडसँग बाड्न पाए – जो एकदमै नम्र व्यक्तिहरु थिए । उनीहरुले क्रिकेटमा धेरै कुरा पाएका थिए र जब प्रशंसकहरु क्रिकेटमा – पागल भारत देशमा, उनीहरुसँग फोटो खिच्न आउथे, तब उनीहरुले नम्र तरिकाले हुन्छ वा हुन्न भन्थे । मेरो लागि, उनीहरुले पाएका जस्तै प्रशंसा पाउनु स्वीकार गर्नु गाह्रो छ । अब त्यो नम्रता क्यारिबीयनमा ल्याउने समय भएको छ र मेरा साथीहरुको माझ चम्किलो ज्योति बन्ने र म जता गए पनि त्यो देखाउने । कारलोस ब्राथवेट, वेस्ट इन्डिजको क्रिकेटर