SportGoMag is for sportspersons around the world to tell their life, sport and faith in Christ-centered stories.

जिउँदो परमेश्वरमा भरोसा – रुवान कालपेज

रुवान कालपेज १९९२ मा विश्वकप खेलेका श्रीलंकाका पूर्व क्रिकेटर हुन् । पछि गएर उनले श्रीलंका र बंगलादेशको लागि राष्ट्रिय स्तरमा प्रशिक्षणमा समय बिताए ।

मैले बताउन लागेको अनुभव केही वर्ष अगाडिको हो । जब म मेरो गाडी बनाउन सर्भिस स्टेसनमा गएको थिए, तब मैले मसँगै केही वर्ष अघि त्यही कम्पनीमा काम गरेको मान्छे भेटे । यधपि हाम्रो भेट र बोलचाल कहिल्यै भएन, त्यो समय मेरो जीवनमा त्यही मानिस मसँग कुरा गर्नका लागि नै समय नियुक्त गरे सरह भयो ।

मेरो जीवन २ कुरामा केन्दित थियो, क्रिकेट र धर्म । ९ वर्षको उमेर देखि नै क्रिकेटमा मेरो रुची थियो, जसै मेरो बुवा एक प्रख्यात क्रिकेटर थिए । मेरो सानो उमेर देखीको सपना म श्रीलंकाको प्रतिनिधित्व गर्न टेस्ट टिममा छनोट भएपछि पुरा भयो ।

म एउटा धार्मिक पृष्ठभुमिमा हुर्केको थिए जसले धर्म र अनुशासनको एकदम कडासँग पालन गर्न लगाउँथ्यो । मैले धार्मिक अवलोकनहरु पछ्याए र मैले मेरो जीवन मेरो विचारमा जस्तो राम्रो र ठिक लाग्थ्यो त्यसरी नै जीए । तर क्रिकेट खेल्दै गएपछि म धेरै गलत कामहरुमा लिप्त भए जुन मलाई साधारण लाग्थ्यो । यी कुराहरुमा कुनै पनि किसिमले मलाई नराम्रो महसुस भएन ।

मेरो क्रिकेट पेशामा धैरै उतारचडावहरु आए । मैले १९९२ को विश्वकपमा खेले तर त्यसपछि १९९६ मा मलाई टिमबाट निकालियो । खेलाडीहरु सँगको कडा प्रतिस्पर्धाले मलाई फेरि टिममा फर्किनु त्यति सजिलो थिएन ।

अचानक यो निराशा मेरो लागि एउटा नियुक्ति भयो । त्यो व्यक्ति जसलाई मैले सर्भिस स्टेसनमा भेटेको थिए उसलाई पनि मैले त्यस्तै अवस्थामा पाए । उसले उसँग नजिक भएको परमेश्वरको कुरा गर्न सुरु गर्योः हामी त्यो परमेश्वरबाट बनेका हौँ जसले हामीलाई प्रेम गर्नुहुन्छ भनेर उसले भन्यो । त्यसपछि, मलाई परमेश्वरले मेरो जीवनमा राज गर्न सक्नुहुन्छ र मेरो जीवनका कुराहरु परिवर्तन गर्न सक्नुहुन्छ भनियो ।

यो समयमा, मेरो पारिवारिक जीवन पनि राम्रो अवस्थामा थिएन । मेरो श्रीमतीसँग धेरै मतभेद र झगडाहरु भएको थियो । यी सबैथोक, र साथै पेशाको पनि निराशाहरुले मलाई एकदमै दिकदार बनाएको थियो । जब मैले परमेश्वर हुनुहुन्छ जसले मलाई प्रेम गर्नुहुन्छ, मेरो ख्याल राख्नुहुन्छ र मलाई के भईरहेको छ सो बुझ्नुहुन्छ, भनेर सुने यसले मलाई चकित बनायो । यो व्यक्तिले परमेश्वर जसले सारा ब्रहमाण्ड सृष्टि गर्नुभयो उहाँले आफ्नो पुत्र येशूलाई पनि मेरो लागि जीउन र मर्नको लागि पठाउनुभयो भनेर मलाई भन्यो ।

परमेश्वर र उहाँको पुत्र येशू ख्रीष्टको विषयमा सुनिसके पछि मैले थाहा पाए कि मेरो जीवन सहि दिशामा थिएन । मैले मेरो जीवन परिवर्तन गर्ने र परमेश्वरलाई सुम्पिदिने निर्णय गरे ताकि उहाँले मलाई अगुवाई गरेर चलाउनु भएको होस् । म मेरो जीवनमा कठिनाईको बाटोमा थिए, तर जब मैले मेरो हृदयको ढोका परमेश्वरमा खोले, त्यो मेरो जीवनको लागि एकदमै राम्रो हुन पुग्यो ।

त्यसपछि मेरो जीवन पहिलेको जस्तै रहेन । मैले मेरो जीवनलाई फेरि भेट्टाए जस्तो लाग्छ । परमेश्वरले मेरो जीवनको हरेक पक्ष परिवर्तन गर्नुभयो । मलाई २ वर्ष पछि श्रीलंकाको टिममा फेरि बोलाइयो, र फेरि मैले १९९९ मा यु.के.मा भएको प्रतियोगीतामा, श्रीलंकालाई विश्वकपमा प्रतिनिधित्व गरे । यसबाहेक मेरो परिवार पनि पूनस्थापित भयो ।

अहिले म मेरो जीवन सन्तुष्टिमा र श्रीमतीसँग आनन्दमा जीउँछु, र म एउटा छोरी र छोराले आशिषित छु । आजकल जब कुराहरु गलत वा गाह्रो हुन्छ म निराश महसुस गर्दिन । मलाई थाहा छ परमेश्वर मसँग हिड्नु हुन्छ जो हुनुहुन्छ । मलाई थाहा छ मेरो जीवन परिवर्तन गर्ने र मेरो जीवनलाई नयाँ दिशा दिने येशू हुनुहुन्छ । यदि येशू नहुनुभएको भए मेरो जीवन लथालिङ्ग हुन्थ्यो ।

मैले २००० सालमा क्रिकेटबाट सन्यास लिए र गएको १८ वर्ष देखि म अन्तराष्ट्रिय प्रशिक्षक भएर, विश्वभर यात्रा गर्दैछु । क्रिकेटले मेरो जीवनलाई फेरी कहिल्यै अधीनमा राखेन । मेरो विश्वास प्रभु येशूमा थियो जसले मेरो लागि सबैकुरा नयाँ बनाउनु भएको थियो । मलाई थाहा छ उहाँ यो संसारमा प्रशस्तताको जीवन दिन आउनु भएको थियो ।

आज, म तपार्इंलाई आफ्नो जीवन येशूमा केन्द्रित गर्न र अचम्मको नयाँ जीवनको अनुभव गर्न – आनन्द, शान्ति र सन्तुष्टिले भरिपूर्ण हुन आग्रह गर्न चाहन्छु । येशू भन्नुहुन्छ, “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरुलाई विश्राम दिनेछु ।” मत्ति ११ः२८ । आफ्नो विश्वास जिउँदो प्रभुमा राख्नुहोस्, उहाँले तपाईंलाई लाजमा पार्नु हुनेछैन । उहाँ हिजो, आज र सधैभरि समान हुनुहुन्छ । हामी उहाँमा विजयी हुन सक्छँ ।

रुवान कालपेजश्रीलंकाका पूर्व क्रिकेटर

जिउँदो परमेश्वरमा भरोसा – रुवान कालपेज

May 13, 2019

रुवान कालपेज १९९२ मा विश्वकप खेलेका श्रीलंकाका पूर्व क्रिकेटर हुन् । पछि गएर उनले श्रीलंका र बंगलादेशको लागि राष्ट्रिय स्तरमा प्रशिक्षणमा समय बिताए । मैले बताउन लागेको अनुभव केही वर्ष अगाडिको हो । जब म मेरो गाडी बनाउन सर्भिस स्टेसनमा गएको थिए, तब मैले मसँगै केही वर्ष अघि त्यही कम्पनीमा काम गरेको मान्छे भेटे । यधपि हाम्रो भेट र बोलचाल कहिल्यै भएन, त्यो समय मेरो जीवनमा त्यही मानिस मसँग कुरा गर्नका लागि नै समय नियुक्त गरे सरह भयो । मेरो जीवन २ कुरामा केन्दित थियो, क्रिकेट र धर्म । ९ वर्षको उमेर देखि नै क्रिकेटमा मेरो रुची थियो, जसै मेरो बुवा एक प्रख्यात क्रिकेटर थिए । मेरो सानो उमेर देखीको सपना म श्रीलंकाको प्रतिनिधित्व गर्न टेस्ट टिममा छनोट भएपछि पुरा भयो । म एउटा धार्मिक पृष्ठभुमिमा हुर्केको थिए जसले धर्म र अनुशासनको एकदम कडासँग पालन गर्न लगाउँथ्यो । मैले धार्मिक अवलोकनहरु पछ्याए र मैले मेरो जीवन मेरो विचारमा जस्तो राम्रो र ठिक लाग्थ्यो त्यसरी नै जीए । तर क्रिकेट खेल्दै गएपछि म धेरै गलत कामहरुमा लिप्त भए जुन मलाई साधारण लाग्थ्यो । यी कुराहरुमा कुनै पनि किसिमले मलाई नराम्रो महसुस भएन । मेरो क्रिकेट पेशामा धैरै उतारचडावहरु आए । मैले १९९२ को विश्वकपमा खेले तर त्यसपछि १९९६ मा मलाई टिमबाट निकालियो । खेलाडीहरु सँगको कडा प्रतिस्पर्धाले मलाई फेरि टिममा फर्किनु त्यति सजिलो थिएन । अचानक यो निराशा मेरो लागि एउटा नियुक्ति भयो । त्यो व्यक्ति जसलाई मैले सर्भिस स्टेसनमा भेटेको थिए उसलाई पनि मैले त्यस्तै अवस्थामा पाए । उसले उसँग नजिक भएको परमेश्वरको कुरा गर्न सुरु गर्योः हामी त्यो परमेश्वरबाट बनेका हौँ जसले हामीलाई प्रेम गर्नुहुन्छ भनेर उसले भन्यो । त्यसपछि, मलाई परमेश्वरले मेरो जीवनमा राज गर्न सक्नुहुन्छ र मेरो जीवनका कुराहरु परिवर्तन गर्न सक्नुहुन्छ भनियो । यो समयमा, मेरो पारिवारिक जीवन पनि राम्रो अवस्थामा थिएन । मेरो श्रीमतीसँग धेरै मतभेद र झगडाहरु भएको थियो । यी सबैथोक, र साथै पेशाको पनि निराशाहरुले मलाई एकदमै दिकदार बनाएको थियो । जब मैले परमेश्वर हुनुहुन्छ जसले मलाई प्रेम गर्नुहुन्छ, मेरो ख्याल राख्नुहुन्छ र मलाई के भईरहेको छ सो बुझ्नुहुन्छ, भनेर सुने यसले मलाई चकित बनायो । यो व्यक्तिले परमेश्वर जसले सारा ब्रहमाण्ड सृष्टि गर्नुभयो उहाँले आफ्नो पुत्र येशूलाई पनि मेरो लागि जीउन र मर्नको लागि पठाउनुभयो भनेर मलाई भन्यो । परमेश्वर र उहाँको पुत्र येशू ख्रीष्टको विषयमा सुनिसके पछि मैले थाहा पाए कि मेरो जीवन सहि दिशामा थिएन । मैले मेरो जीवन परिवर्तन गर्ने र परमेश्वरलाई सुम्पिदिने निर्णय गरे ताकि उहाँले मलाई अगुवाई गरेर चलाउनु भएको होस् । म मेरो जीवनमा कठिनाईको बाटोमा थिए, तर जब मैले मेरो हृदयको ढोका परमेश्वरमा खोले, त्यो मेरो जीवनको लागि एकदमै राम्रो हुन पुग्यो । त्यसपछि मेरो जीवन पहिलेको जस्तै रहेन । मैले मेरो जीवनलाई फेरि भेट्टाए जस्तो लाग्छ । परमेश्वरले मेरो जीवनको हरेक पक्ष परिवर्तन गर्नुभयो । मलाई २ वर्ष पछि श्रीलंकाको टिममा फेरि बोलाइयो, र फेरि मैले १९९९ मा यु.के.मा भएको प्रतियोगीतामा, श्रीलंकालाई विश्वकपमा प्रतिनिधित्व गरे । यसबाहेक मेरो परिवार पनि पूनस्थापित भयो । अहिले म मेरो जीवन सन्तुष्टिमा र श्रीमतीसँग आनन्दमा जीउँछु, र म एउटा छोरी र छोराले आशिषित छु । आजकल जब कुराहरु गलत वा गाह्रो हुन्छ म निराश महसुस गर्दिन । मलाई थाहा छ परमेश्वर मसँग हिड्नु हुन्छ जो हुनुहुन्छ । मलाई थाहा छ मेरो जीवन परिवर्तन गर्ने र मेरो जीवनलाई नयाँ दिशा दिने येशू हुनुहुन्छ । यदि येशू नहुनुभएको भए मेरो जीवन लथालिङ्ग हुन्थ्यो । मैले २००० सालमा क्रिकेटबाट सन्यास लिए र गएको १८ वर्ष देखि म अन्तराष्ट्रिय प्रशिक्षक भएर, विश्वभर यात्रा गर्दैछु । क्रिकेटले मेरो जीवनलाई फेरी कहिल्यै अधीनमा राखेन । मेरो विश्वास प्रभु येशूमा थियो जसले मेरो लागि सबैकुरा नयाँ बनाउनु भएको थियो । मलाई थाहा छ उहाँ यो संसारमा प्रशस्तताको जीवन दिन आउनु भएको थियो । आज, म तपार्इंलाई आफ्नो जीवन येशूमा केन्द्रित गर्न र अचम्मको नयाँ जीवनको अनुभव गर्न – आनन्द, शान्ति र सन्तुष्टिले भरिपूर्ण हुन आग्रह गर्न चाहन्छु । येशू भन्नुहुन्छ, “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरुलाई विश्राम दिनेछु ।” मत्ति ११ः२८ । आफ्नो विश्वास जिउँदो प्रभुमा राख्नुहोस्, उहाँले तपाईंलाई लाजमा पार्नु हुनेछैन । उहाँ हिजो, आज र सधैभरि समान हुनुहुन्छ । हामी उहाँमा विजयी हुन सक्छँ । रुवान कालपेजश्रीलंकाका पूर्व क्रिकेटर