SportGoMag is for sportspersons around the world to tell their life, sport and faith in Christ-centered stories.

ख्रीष्टमा पूर्णता – फाफ डु प्लेसिस

३४ वर्षको उमेरमाफाफ डु प्लेसिस दक्षिण अफ्रिकाको लगातार समान रहेका राइट ह्यान्डेड व्याट्सम्यान हुन्, र अहिले राष्ट्रिय टिमको कप्तान बनेर उनले आफुलाई खेलकुदमा एक अगुवाको रुपमा प्रमाणीत गरिसकेका छन् । उनले टेस्ट डेब्युट नोबेम्बर २०१२ मा गरे, र आफ्नो पहिलो खेलमा नै शतक बनाउने चौथौँ दक्षिण अफ्रिकी बने ।

धेरै राष्ट्रहरु र ७ वर्षको अत्याधिक सफल पेशाका साथ, फाफ डु प्लेसिसले आफ्नो विश्वास र महत्व कहाँ राख्थे बिर्सेका छैनन् ।

म स्कुलमा धेरै खेलहरु खेलेर हुर्किए, तर क्रिकेट सधै मेरो पहिलो नम्बरमा थियो । जसै मैले अन्तराष्ट्रिय रुपमा खेल्न थाले, कुनैपनि खेलको त्यो अवस्थामा उताव चढाव हुने ग्यारेन्टि रहेछ, मैले यो कुरा एकदमै सजिलैसँग सिके । जसै मैले मेरो पेशामा धेरै अनुभव गरेको छु, मैले उताव चढावको बेलामा पनि समान हुनुपर्छ भन्ने सिके, क्रिकेटमा मात्र होइन, तर जीवनमा पनि । म मेरो सफलता र असफलता दुबैलाई समान व्यवहार गर्छु – वृद्धि हुने र सिक्ने अवसरको रुपमा ।

मैले आफूलाई ख्रीष्टलाई पछ्याउनेको रुपमा सोचेर हुर्के तर मेरोलागि यो धेरै जसो धर्म थियो । येशूसँग मेरो सम्बन्ध थिएन, त्यसैले केहि कुरा पनि मेरो मनमा रहेन । जब मलाई येशूको प्रेम कस्तो हुन्छ भनी मेरो यात्रामा भेट भएका एक पास्टरले भन्नुभयो – जो अहिले मेरो साथी हुन् – त्यो त्यति मात्र रहेन । जब मैले यो शक्तिशाली सत्यलाई बुझे तब मैले बप्तिसमा लिने निर्णय गरे । जसै मैले मेरो जीवन ख्रीष्टमा सुम्पिए मेरो हृदयमा तुरुन्तै परिवर्तन आयो र परमेश्वरको सत्यता प्रस्टसँग बुझ्न थाले । जसै मलै ख्रीष्टमा नयाँ पूर्णता प्राप्त गरे – त्यो मैले आफ्नो जीवनमा अनुभव नगरेको केहि कुरा थियो – सत्यताको मार्गमा हिड्नलाई म मेरो जीवनशैलीलाई परिवर्तन गर्न चाहन्थे ।

सुरुमा, आफ्नो पेशा र प्रदर्शनलाई प्रभु माथि सुम्पिनु, क्रिकेटको मैदानमा जे भए पनि प्रभुमा भरोसा राख्नु, चाहे परिणाम हार आवोस या जित, यी कुराहरु बुझ्न गाह्रो थियो । तर अहिले, जसरी म मेरो विश्वास र प्रभुको ज्ञानमा बढेको छु, म साच्चै विश्वास गर्दछु कि प्रभुले मलाई यहाँ कुनै उद्देश्यले राख्नु भएको हो । प्रभुमा मेरो केहि उद्देश्य छ ।

यस खेलमा ख्रीष्टलाई पछ्याउने भएर मैले केहि चुनौतिहरु सामना गरेको छु । पहिलो त म आफू भएको वातावरण हो । त्यहाँ धेरै खेलाडीहरु विभिन्न विश्वास र आस्थाबाट आएका छन्, र धेरै टिमहरुमा, ख्रीष्टलाई पछ्याउने म मात्र भएको छु । मलाई साथ दिने कोहि पनि नहुदाँ वा प्रार्थना गर्ने साथी नहुदाँ त्यो अवस्थामा एकदम एक्लो महसुस हुन्छ । दोस्रो संर्धष भनेको हामीले सामना गर्ने परिक्षा हो । किनकि हामी विश्वभर धेरै यात्रा गर्छौ, त्यहाँ धेरै परिस्थितिहरु सामना गर्नुपर्छ जहाँ हामीले गर्न नहुने कुराहरु गर्नलाई समुहको दबाब हुन्छ । तर जसै म आफ्नो विश्वासमा बलियो र परिपक्व भए तब मलाई इन्कार गर्न सजिलो हुदैँ गयो ।

मलाई थाहा छ कि मैले खेलमा सफलता पाउनुको कारण केबल येशू मात्र हुनुहुन्छ र म उहाँलाई त्यसको लागि हरेक दिन धन्यवाद दिन्छु । जब म मेरो पेशाबाट बिदाँ हुन्छु, म अरु खेलाडीहरुलाई आफ्नो उत्तम प्रयास दिन चुनौति दिने एक असल अगुवाको रुपमा चिनिन चाहान्छु । र म आफ्नो विश्वासमा खडा रहने व्यक्तिको रुपमा पनि चिनिन चाहान्छु ।

अन्त्यमा, म आफ्नो देशमा एक सकारात्मक प्रभाव छोड्न चाहान्छु । मलाई थाहा छ मेरो उद्देश्य मैले क्रिकेटको मैदानमा बनाउने रन भन्दा बढि छ । म आशा गर्दछु कि म मानिसहरुसँग समय बिताएर प्रभुको प्रेम देखाउन सक्न र प्रभुको प्रेम उनीहरुको माध्यमबाट पनि चम्काउन सक्षम हुन सकु ।

फाफ डु प्लेसिस, दक्षिण अफ्रिकाको क्रिकेटर

ख्रीष्टमा पूर्णता – फाफ डु प्लेसिस

May 13, 2019

३४ वर्षको उमेरमाफाफ डु प्लेसिस दक्षिण अफ्रिकाको लगातार समान रहेका राइट ह्यान्डेड व्याट्सम्यान हुन्, र अहिले राष्ट्रिय टिमको कप्तान बनेर उनले आफुलाई खेलकुदमा एक अगुवाको रुपमा प्रमाणीत गरिसकेका छन् । उनले टेस्ट डेब्युट नोबेम्बर २०१२ मा गरे, र आफ्नो पहिलो खेलमा नै शतक बनाउने चौथौँ दक्षिण अफ्रिकी बने । धेरै राष्ट्रहरु र ७ वर्षको अत्याधिक सफल पेशाका साथ, फाफ डु प्लेसिसले आफ्नो विश्वास र महत्व कहाँ राख्थे बिर्सेका छैनन् । म स्कुलमा धेरै खेलहरु खेलेर हुर्किए, तर क्रिकेट सधै मेरो पहिलो नम्बरमा थियो । जसै मैले अन्तराष्ट्रिय रुपमा खेल्न थाले, कुनैपनि खेलको त्यो अवस्थामा उताव चढाव हुने ग्यारेन्टि रहेछ, मैले यो कुरा एकदमै सजिलैसँग सिके । जसै मैले मेरो पेशामा धेरै अनुभव गरेको छु, मैले उताव चढावको बेलामा पनि समान हुनुपर्छ भन्ने सिके, क्रिकेटमा मात्र होइन, तर जीवनमा पनि । म मेरो सफलता र असफलता दुबैलाई समान व्यवहार गर्छु – वृद्धि हुने र सिक्ने अवसरको रुपमा । मैले आफूलाई ख्रीष्टलाई पछ्याउनेको रुपमा सोचेर हुर्के तर मेरोलागि यो धेरै जसो धर्म थियो । येशूसँग मेरो सम्बन्ध थिएन, त्यसैले केहि कुरा पनि मेरो मनमा रहेन । जब मलाई येशूको प्रेम कस्तो हुन्छ भनी मेरो यात्रामा भेट भएका एक पास्टरले भन्नुभयो – जो अहिले मेरो साथी हुन् – त्यो त्यति मात्र रहेन । जब मैले यो शक्तिशाली सत्यलाई बुझे तब मैले बप्तिसमा लिने निर्णय गरे । जसै मैले मेरो जीवन ख्रीष्टमा सुम्पिए मेरो हृदयमा तुरुन्तै परिवर्तन आयो र परमेश्वरको सत्यता प्रस्टसँग बुझ्न थाले । जसै मलै ख्रीष्टमा नयाँ पूर्णता प्राप्त गरे – त्यो मैले आफ्नो जीवनमा अनुभव नगरेको केहि कुरा थियो – सत्यताको मार्गमा हिड्नलाई म मेरो जीवनशैलीलाई परिवर्तन गर्न चाहन्थे । सुरुमा, आफ्नो पेशा र प्रदर्शनलाई प्रभु माथि सुम्पिनु, क्रिकेटको मैदानमा जे भए पनि प्रभुमा भरोसा राख्नु, चाहे परिणाम हार आवोस या जित, यी कुराहरु बुझ्न गाह्रो थियो । तर अहिले, जसरी म मेरो विश्वास र प्रभुको ज्ञानमा बढेको छु, म साच्चै विश्वास गर्दछु कि प्रभुले मलाई यहाँ कुनै उद्देश्यले राख्नु भएको हो । प्रभुमा मेरो केहि उद्देश्य छ । यस खेलमा ख्रीष्टलाई पछ्याउने भएर मैले केहि चुनौतिहरु सामना गरेको छु । पहिलो त म आफू भएको वातावरण हो । त्यहाँ धेरै खेलाडीहरु विभिन्न विश्वास र आस्थाबाट आएका छन्, र धेरै टिमहरुमा, ख्रीष्टलाई पछ्याउने म मात्र भएको छु । मलाई साथ दिने कोहि पनि नहुदाँ वा प्रार्थना गर्ने साथी नहुदाँ त्यो अवस्थामा एकदम एक्लो महसुस हुन्छ । दोस्रो संर्धष भनेको हामीले सामना गर्ने परिक्षा हो । किनकि हामी विश्वभर धेरै यात्रा गर्छौ, त्यहाँ धेरै परिस्थितिहरु सामना गर्नुपर्छ जहाँ हामीले गर्न नहुने कुराहरु गर्नलाई समुहको दबाब हुन्छ । तर जसै म आफ्नो विश्वासमा बलियो र परिपक्व भए तब मलाई इन्कार गर्न सजिलो हुदैँ गयो । मलाई थाहा छ कि मैले खेलमा सफलता पाउनुको कारण केबल येशू मात्र हुनुहुन्छ र म उहाँलाई त्यसको लागि हरेक दिन धन्यवाद दिन्छु । जब म मेरो पेशाबाट बिदाँ हुन्छु, म अरु खेलाडीहरुलाई आफ्नो उत्तम प्रयास दिन चुनौति दिने एक असल अगुवाको रुपमा चिनिन चाहान्छु । र म आफ्नो विश्वासमा खडा रहने व्यक्तिको रुपमा पनि चिनिन चाहान्छु । अन्त्यमा, म आफ्नो देशमा एक सकारात्मक प्रभाव छोड्न चाहान्छु । मलाई थाहा छ मेरो उद्देश्य मैले क्रिकेटको मैदानमा बनाउने रन भन्दा बढि छ । म आशा गर्दछु कि म मानिसहरुसँग समय बिताएर प्रभुको प्रेम देखाउन सक्न र प्रभुको प्रेम उनीहरुको माध्यमबाट पनि चम्काउन सक्षम हुन सकु । फाफ डु प्लेसिस, दक्षिण अफ्रिकाको क्रिकेटर